सफाई अभियन्ता चन्द गीतकारका रुपमा (भिडियोसहित)
वाग्मती सफाई महाअभियानका अभियन्ता सामाजिक व्यक्तित्व चक्रबहादुर चन्द आफ्नो नयाँ परिचयका साथ उपस्थित हुनुभएको छ ।
![88a6b174-36e5-416b-a198-3b0ac34bd99f](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/88a6b174-36e5-416b-a198-3b0ac34bd99f-e1738909788696.jpg)
चलचित्र निर्माण र अभिनयमा समेत सक्रिय रहेका चन्दले हालै मात्र आफूलाई गीतकारका रुपमा प्रस्तुत गरी नयाँ गीति सौगात दर्शकमाझ प्रस्तुत गर्नुभएको छ ।
चन्दले माघ २५ गते बिहिबार आफ्नो रचनामा …यो माया भन्ने चिज… शीर्षकको गीत सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गीतमा आवाज गायीका सपना शाही र संगीत संयोजन बिबी अनुरागीको रहेको छ ।
गीतलाई सपना शाही यूट्यूव च्यानलमा रिलिज भ्यालेन्टाईन डेलाई लक्षित गरी प्रेमिल गीत बजारमा ल्याएको चन्दले जानकारी दिनुभएको छ ।
प्रस्तुत गीतको भिडिओ कन्सेप्ट पनि चन्दकै रहेको छ भने किशोर सिंहले छाँयाकन गरेको यस भिडिओलाई प्रिज्म स्टुडियोले सम्पादन गरेहो हो ।
गीतको म्यूजिक भिडियोको निर्देशक हरिश धितालले गर्नुभएको छ भने गीतको रेकर्ड गोविन्द अनिक तथा मिक्सिङ श्याम श्वेत रसाइलीको रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्