त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गतको आफ्नो छैटौं तथा अन्तिम खेलमा नेपालले थाइल्यान्ड सामू जितको लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै ८१ रन बनायो । नेपालको लागि सम्झना खड्काले १७ रन बनाइन् भने कविता जोशीले १४ रन जोडिन् ।
त्यस्तै राजमती ऎरी ११ रनमा अविजित रहँदा कप्तान इन्दु बर्माले १० रन बनाइन् । थाइल्यान्डको लागि ओनिचा कामचोम्फुले तीन विकेट हासिल लिइन् भने त्यस्तै चानिदा सुथिरुवाङ, नटया बूचाथम र सुलीपोर्न लाओमीको भागमा समान एक-एक विकेट रह्यो ।
यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले चौथों खेलमा थाइल्यान्डसँग पाँच रनले र पाँचौं खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको थियो ।
यता थाइल्यान्ड भने जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ ।
प्रतिक्रिया राख्नुहोस्