कला/मनोरन्जनकलिउड

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने

चलचित्र विकास बोर्डले मुलुकको संविधानले अंगिकार गरेको समावेशी सिद्धान्तलाई आत्मसात गर्दै मधेश प्रदेशमा चलचित्र पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ ।

आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ ।

मधेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको ‘वेबसाइट’ www.flim.gov.np बाट ‘डाउनलोड’ गरी ‘इमेल’ ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ ।

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजागर गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधेशको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित बोर्डले मधेशमा विशेष अभियान सञ्चालनको तयारी गरेको छ । यसै अभियानअन्तर्गत पटकथा लेखन ताालिम सञ्चालन गर्न लागिएको अध्यक्ष डिसीले बताउनुभयो ।

तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीले तालिमका क्रममा प्रशिक्षार्थीबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.