जापान

जापानमा डकैती गरी फिलिपिन्स भागेका दुईजनाको सुपुर्दगी

जापानमा चोरी र डकैतीका घटनामा संलग्न रही फिलिपिन्स भागेका चारजनामध्ये दुईजनालाई फिलिपिन्सले जापानलाई सुपुर्दगी गरेको छ ।

जापानमा डकैती गरी फिलिपिन्स भागेका दुईजनाको सुपुर्दगी

आरोपीमध्ये फुजिता तोसिया र इमामुरा क्योटोलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको जापान भ्रमण अघि मनिलाबाट जापानको उडानमा पठाइएको हो । बाँकी रहेका दुई जना आरोपी वातानाबे युकीको र कोजिमा टोमोनोबुले फिलिपिन्समा पनि आपराधिक मुद्दाको सामना गरिरहेका कारण उनीहरुलाई तत्काल सुपुर्दगी नगरिएको हो ।

सुपुर्दगी गरिएका यी दुईले अन्य दुई जापानी नागरिकसँग मिलेर धेरै अपराध गरेका छन् । जापानी प्रहरीले दुवै जनालाई प्रहरीले विमानभित्रैबाट पक्राउ गरेको छ । फिलिपिन्सको न्याय मन्त्रालयले यी अभियुक्तहरूको सुपुर्दगीको लागि मार्ग प्रशस्त गर्दै यी मुद्दाहरू खारेज गरी फिलिपिन्सको अध्यागमन केन्द्रमा राखिएको बताइएको छ ।

चारैजना टेलिफोन ठगी मुद्दामा संलग्न रहेको आरोप छ । उनीहरुले देशका १४ प्रान्तमा डकैतीमा संलग्न रहेको आशंका गरिएको छ। डकैतीमा टोकियोकी एक ९० वर्षीया महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.