प्रदेशसुदूरपश्चिम

नागरिक उन्मुक्ति पार्टीका कारण रोकियो विश्वासको मत लिने कार्यक्रम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यतालिका नागरिक उन्मुक्ति पार्टीका कारण स्थगित भएको छ । कानुनी प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने समयसीमाको भोलि अन्तिम दिन हो ।

आफ्ना मागहरु सम्बोधन नभएसम्म प्रदेश सरकारलाई विश्वासको मत नदिने अडानमा सो पार्टी रहेपछि आज (माघ २५) निधाृरित कार्यतालिका भोलिका लागि सारिएको छ ।

मुख्यमन्त्री रावलले आज दिउँसो १ बजे विश्वासको मत लिने तय भएको थियो । विश्वासको मत पाउन नागरिक उन्मुक्तिको साथ आवश्यक छ ।
मुख्यमन्त्रीले विश्वासको मन नपाउने भएपछि सभामुखको निर्देशनमा आज बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका कैदीबन्दी रिहा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री रावल अप्ठ्यारो पर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.