जापान

जापानमा घरायसी खर्च लगातार घट्दो

खाद्यान्नको मूल्यमा भएको बृद्धिका कारण जापानमा घरायसी खर्च लगातार दोस्रो महिना पनि घटेको छ ।

जापानमा घरायसी खर्च लगातार घट्दो

गृह मन्त्रालयको सर्वेक्षणले दुई वा सोभन्दा बढी व्यक्तिको घरपरिवारले मुद्रास्फीति समायोजन गरेपछि अघिल्लो वर्षको तुलनामा घर खर्च १.३ प्रतिशत कम गरेको देखाएको छ । जसमा औसत खर्च ३२८,११४ येन थियो ।

समुद्री खाना र मदिराको बढ्दो मूल्यले कारण उपभोक्ताहरूलाई यी बस्तुमा खर्च नगर्दा लगातार तेस्रो महिना खाद्य खर्च ३.६ प्रतिशतले घटेको हो ।

अर्कोतर्फ बढ्दो बिजुलीको बिलले विद्युत बचत गर्ने उपकरणको मागमा पनि तीव्र वृद्धि भएको छ, जसले फर्निचर र घरेलु उपकरणहरूमा बढी खर्च हुँदा अघिल्लो वर्षको तुलनामा यो संख्या ५.६ प्रतिशतले बढी छ ।

२०२२ मा औसत घरायसी खर्च २९०८६५ येन, अर्थात् लगभग २,२०० अमेरिकी डलर छ । यो अघिल्लो वर्षको तुलनामा १.२ प्रतिशतले बढी हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.