खेलविविध

पोखरामा दुई दिन बुद्धिचाल प्रतियोगिता हुँदै

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल सङ्घको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुुभयो ।

बुद्धिचाल प्रतियोगिता

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका दुई सय ५० जना छात्रछात्राको सहभागिता रहने उहाँले बताउनुुभयो । सात चरणमा खेलाइने प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई समूह सहभागी हुन पाउने नियम राखिएको छ । एउटा समूहमा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने सदस्य सचिव खड्काले बताउनुुभयो ।

प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु सात हजार, पाँच हजार र तीन हजारसहित पदक र प्रमाणपत्र पाउनेछन् । चौथो र पाँचौँ हुनेले क्रमशः रु दुई हजार र एक हजारसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिनुुभयो । छैटौँदेखि दशौँ स्थानसम्म प्राप्त गर्ने पाँच जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उहाँले बताउनुुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.