स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
![अर्थमन्त्री पौडेल अर्थमन्त्री पौडेल](https://www.nepaljapan.com/wp-content/uploads/2024/09/bishnu-e1726849807420.jpg)
कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा शुक्रबारदेखि सुरू भएको डायलाइसिस सेवा शुभारम्भ गर्दै उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरूको सङ्ख्या बढिरहेको छ, मिर्गौला रोगीहरूको सङ्ख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।
उहाँले मिर्गौला रोगीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा नेपाल नेशनल अस्पतालले डायलाइसिस सेवाको सुरूवात गरेर धेरैभन्दा धेरै बिरामीलाई सहज सेवा दिन खोजेकोमा खुसी व्यक्त गर्नुभयो । सरकारले गरिरहेका प्रयासहरूमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उहाँको भनाइ थियो ।
अस्पतालका निर्देशक डा प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो । –
प्रतिक्रिया राख्नुहोस्