राजनीति
समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
![समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/samajbadi-e1739021796480.jpg)
नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिनुभयो ।
उक्त पार्टीद्वारा शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।
नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्