जन सरोकार

यस वर्षको एसईई वैशाख ९ गतेदेखि

कोरोना भाइरस संक्रमणका कारण विगत दुई वर्षदेखि हुन नसकेको माध्यामिक शिक्षा परीक्षा (एसईई) यस वर्ष भने २०७९ वैशाख ९ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बुधबार बसेको बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार भोलि बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ ।

परीक्षा तालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.