राजनीति

यो व्यवस्थाको हकदार माओवादी हो : वर्षमान पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी रहेको बताउनुभएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा पार्टीको तेस्रो अधिवेशनमा आज उहाँले वर्तमान व्यवस्थामाथि विभिन्न प्रश्न उठिरहेको बेला १० वर्षे माओवादी आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सफल भएकाले यसको जस माओवादीले लिनुपर्ने बताउनुभएको हो ।

“माओवादीले १० वर्षसम्म युद्ध गरेर जनताका अधिकार सुनिश्चित ग¥यो । हामीले यो एजेण्डा आम नागरिकमाझ स्थापित गर्नुपर्छ”, नेता पुनले भन्नुभयो । पूर्वमन्त्री पुनले पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेकै कारण सत्ताबाहिर हुनुपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.