जन सरोकार
दक्षिणकालीमा स्कुल बस दुर्घटना, दुईजनाको मृत्यु ४१ घाइते
काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा बस चालक र एक विद्यार्थीको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका ४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो ।
घटनाको यकिन विवरण आउने क्रममा रहेको बताएको छ । घाइतेहरुको ट्रमा सेन्टर, कीर्तिपुर अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुग्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्