प्रदेशसुदूरपश्चिम

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बिहीबार विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष बिहीबार साँझ राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री रावलद्वारा राजीनामा

प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाउनुभएको हो । प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । शाह कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कांग्रेसको संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । शाहले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री शाहले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.