जन सरोकार

घिमिरे, गुप्ता र यादवको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौँ र झापाबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं,  टोखा नगरपालिका-७ धापासी डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ घर भएका कृष्ण घिमिरेको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित बारा गढिमाई नगरपालिका- २ घर भई हाल काठमाडौं चन्द्रागिरी  नगरपालिका-१५ तिनथाना बस्ने ४७ वर्षीय मनोज कुमार गुप्ताको अमन खाद्य स्टोरको सटरको ताला फोडेर नगद करिब २० लाख रूपैयाँ गएराति चोरी भएको छ ।

त्यस्तै झापा, झापा गाउँपालिका-१ रसुगंज बस्ने प्रभु नारायण यादवको घरमा कोही पनि नभएको अवस्थामा ५ तोला सुनका गरगहना र ४५ तोला चाँदीका गरगहना शनिबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.