अर्थ
एक हजार चार सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।
![100 KG Gold](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/100-KG-Gold-e1689837660286.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु एक हजार चार सयले बढेर रु एक लाख ६९ हजार ६०० कायम भएको छ ।
छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९७५ तोकिएको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार ९६० मा कारोबार भएको चाँदी आज प्रतितोला रु २५ घटेको हो ।
प्रतिक्रिया राख्नुहोस्