जन सरोकार
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य बाका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
![arrest](https://www.nepaljapan.com/wp-content/uploads/2024/10/arrest-e1729836638113.jpg)
बुढानिलकण्ठ नगरपालिका-३ गैरीगाउँस्थित घरमा अनलाइन जुवा खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्