जन सरोकार
मृत अवस्थामा तीन जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । धनुषा, मिथिला नगरपालिका-११ बस्ने ३५ वर्षीय दिपेश मगर सोही ठाउँस्थित चुरे जङ्गलको चौधारा भन्ने ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
![मृत अवस्थामा ४ जना फेला मृत अवस्थामा ४ जना फेला](https://www.nepaljapan.com/wp-content/uploads/2023/01/death-e1673684499668.jpg)
त्यस्तै सप्तरी, बोदेबरसाइन नगरपालिका-५ स्थित चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-८ पशुपति बृद्धाआश्रम अगाडि सतलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्