विदेशी मुद्राको कीर्तिमानी सञ्चिती, कहाँ खर्च गर्ने ?
नेपालमाा चाल आर्थिक वर्षको आधा अवधिमा विदेशी मुद्रा सञ्चितिले नयाँ कीर्तिमान बनायो । गत असारसम्म ११.७९ अर्ब अमेरिकी डलरको सञ्चिति बढेर पुस मसान्तमा १३.६९ अर्ब डलर पुग्यो ।
अमेरिकी डलरको सटही मूल्य अनुसार अहिले राष्ट्रको ढुकुटीमा १८ खर्ब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । यो रकमले देशको सम्पूर्ण वस्तु तथा सेवा आयातलाई एक वर्षभन्दा धेरै समय धान्न सक्छ।
विकासोन्मुख देशहरूमा पाँचदेखि सात महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चितिलाई राम्रो मान्ने गरिन्छ। अहिले नेपालमा रहेको विदेशी मुद्राले साढे १४ महिनालाई पुग्ने वस्तु आयात अनि १२.१ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात धान्न सक्छ।
सरकारले अर्थतन्त्र लयमा फर्किएको भन्दै दावी गर्ने प्रमुख आधार विदेशी मुद्राा सञ्चिति हो । यस अर्थमा कीतिएमानी रुपमा विदेशी मुद्राको सञ्चिति बढ्नुको प्रमुख कारण के हो त ?
देशको निर्यात बढेको, उत्पादन बढेको हो वा अरु नै ँकारण छ ? खासमाा द्रुत गतिमा बढिरहेको रेमिट्यान्स वा विप्रेषण आम्दानी नै यसको प्रमुख कारण हो ।
अघिल्लो आर्थिक वर्षको ६ महिनामा ५८५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा यो आर्थिक वर्षको छ महिनामा ७३३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा हिसाब गर्दा २२ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स आप्रवाह बढेको छ।
त्यस्तै आयात खुम्चनु पनि अर्को कारण हो । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा घटेको आयात यो आर्थिक वर्षमा थप घटेको छ। अर्थात् आयातमा विदेशी मुद्राको खर्च कम हुँदा स्वाभाविक रूपमा भण्डार विस्तार भएको छ।
चालु आर्थिक वर्षको छ महिनामा आयात तीन प्रतिशतले घटेर त्यसमा भएको खर्च ७६८ अर्ब रुपैयाँमा झरेको छ। विदेशी मुद्राको सञ्चितिसँगसँगै देशभित्र भित्रने र बाहिरिने भुक्तानीको सन्तुलन वा शोधनान्तर पनि २७३ अर्ब रुपैयाँले बचतमा पुगेको छ।
अहिले जुन परिमाणमा विदेशी मुद्रा सञ्चितित बढेको छ यसको उपयोग केमा गर्ने त ? गम्भीर प्रश्न यही हो । नेपालमा अधिकांश रेमिट्यान् उपभोग्य वस्तु खरीदमै सकिने गरेको छ । यसले गर्दा कुनै पनि बेला संकुचन आउन सक्छ ।
यस्तोमा विकास निर्माणका लागि पूँजी अभाव भयो भन्नेहरुका लागि अहिलेको सञ्चितिलाई विदेशी मुद्राको सदुपयोग गर्न अवसर मिलेको छ । विशेष गरेर पूर्वाधार निर्माण विस्तार गर्ने अनि पुँजीगत खर्च बढाउने अवसर यसले दिएको छ ।
अर्थतन्त्रमा चाप बढ्ने क्षेत्र भनेकको उपभोग बढाउने खालका गतिविधिमा खर्च हुनु हो । तर विकास निर्माणका काम गर्दा आर्थिक गतिविधि अनि आन्तरिक रोजगारी पनि बढ्छ ।
प्रतिक्रिया राख्नुहोस्