जापान

विश्वप्रसिद्ध जापानी संगीतकार सेइजी ओजावाको निधन

विश्वप्रसिद्ध जापानी संगीतकार सेइजी ओजावाको निधन भएको छ । ८८ वर्षीय ओजावाको शनिबार राजधानी टोकियोस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।

जापानदेखि अमेरिकासम्म आफ्नो संगीतको जादु फैलाउन सफल ओजावाको जन्म सन् १९३५ मा हाल चीनको पूवर्वी क्षेत्रमा पर्ने तत्कालीन मंचुरियामा भएको थियो ।

आफ्नो जन्मस्थलबाट ५ वर्षको उमेरमा जापान आउनुभएका ओजावाले प्रारम्भिकक शिक्षा आर्जनकै बेला पियानो बजाउन सुरु गर्नुभएको थियो ।

टोकियोस्थित तोहो गायकुयन स्कूल अफ म्यूजिकमा भर्ना भएपछि ओजावाले साइतो हिदेओबाट संचालन कला सिक्नुभयो । आफ्नो संगीत शिक्षाको निरन्तरताका लागि उहाँ २३ वर्षको उमेरमा फ्रान्स जानुभयो ।

त्यहाँ उहाँले एक स्थानीय प्रतियोगितामा प्रथम पुरस्कार लितेपछि प्रसिद्ध संगीतकार हर्बट वाँन करायानबा शिक्षा हाँसिल गर्नुभयो ।

अमेरिकी संगीतकार लियोनार्ड बर्नस्टाइन ओजावाको संगीतबाट प्रभावित भएपछि २५ वर्षको उमेरमा उहाँ न्यूयोर्क फिलहारमानिकको सहायक संचालक बन्नुभयो । त्यसपछि उहाँ फिलहारमाँनिकसहित अन्य कैयौं विश्वप्रसिद्ध अर्केस्ट्रा संचालन गर्नुभयो ।

ओजावाले सन् १९७३ बाट २९ वर्षसम्म बोस्टन सिम्फनी आर्केस्ट्रामा संगीत निर्देशकका रुपमा काम गर्नुभयो । त्यसपछि उहाँ भियना स्टेट ओपेराको संगीत निर्देशक बन्नुभयो ।

सन् २००८ मा जापानको ‘अर्डर ऑफ़ कल्चर’ पुस्कारले सम्मानित ओजावा सन्न २०१० मा खाद्य नलीमा भएको क्यान्सरको शल्यक्रियापछि कमै मात्र मञ्चमा देखापर्ने गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.