राजनीति

धार्मिक अनुष्ठानले सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरणा मिल्छ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले धार्मिक गतिविधिले मानवलाई सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिका– १४ पीपरास्थित चिनी मिल परिसरमा आइतबारदेखि सुरु भएको सीताराम नाम सङ्कीर्तन महायज्ञ १०८ कुन्ज एवं नौ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले महायज्ञ, भूमिपुजन लगायतका धार्मिक अनुष्ठानले मानव मानवबीच सद्भाव कायम गर्न र मानवलाई सही मार्गमा हिँड्न प्रेरित गरिरहेको पनि बताउनुभयो ।

आपसी खिचातानी, मनमुटावलगायतका कारण समाजमा अशान्ति बढिरहेका बेला यस्तो धार्मिक अनुष्ठानले शान्ति, अमचयन र भातृत्व प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुहुँदै महायज्ञले शान्ति कायम गर्न र पारस्परिक एकता प्रबद्र्धन होस् भन्ने कामनासमेत गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धर्मले सत्यको बाटोमा हिँड्न प्रेरित गर्ने गरेको बताउनुहुँदै धर्मलाई जोगाउन धर्मगुरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा उपराष्ट्रपति यादवले महायज्ञ सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

वरिष्ठ कथावाचिका साधवी लक्ष्मी माता तथा अन्य कथावाचकद्वारा नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दश लाख श्रदालु भक्तजन सहभागी हुने अनुमान गरिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक रामप्रवेशप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

महायज्ञमा नौ दिनसम्म श्रीराम नाम जप, रामचरित्र मानष पाठ, कथा बाचन, रासलिला लगायतका धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना हुने संयोजक कुर्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.