दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने डा. भट्टराईको चाहना पूरा होला ?
०७४ सालमा दोस्रो संविधानसभाले संविधान जारी गरेपछि पुराना राजनीतिक शक्तिहरुको मूल उद्देश्य पूरा भएको र अब नयाँ सोचका साथ नयाँ शक्ति आउनुपर्ने मान्यतामा रहनुभएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नयाँशक्ति पार्टीमा नेतृत्व चयन गरिँदै छ ।
![Baburam](https://www.nepaljapan.com/wp-content/uploads/2023/09/Baburam-e1695104987308.jpg)
संविधान जारी भएपछि नयाँ शक्ति र नेतृत्वको वकालत गर्दै आउनुभएका डा. भट्टराईले महाधिवेशनको उद्घाटन सत्रपछि आयोजित सचिवालय बैठकमा नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्ने र आफू वैचारिक नेताको भूमिकामा बस्ने प्रस्ताव गर्नुभएको थियो ।
तर, निर्वाचनको निकट आइपुग्दा उहाँसहित अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेको छ । आफू अध्यक्षमा नउठ्ने बताउनु भए पनि उहाँलाई अध्यक्ष नै रहन पार्टीका नेताहरुले सुझाव दिएका कारण भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको एक नेताले बताएका छन् ।
डा. भट्टराईसंगै पार्टीका संस्थापक सदस्य नेत्रप्रसाद चापागाईंको उम्मेदवारी परेको छ । चापागाईँ कास्कीको अन्नपूर्ण गाउँपालिका ६ निवाुसी हुनुहुन्छ । उहाँको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी र समर्थकमा कास्की २७, पोखराका विशाल तिमिल्सिना रहनुभएको छ ।
नयाँशक्तिको संशोधित विधान अनुसार केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चुनिने छन् भने ९ जना मनोनीत हुनेछन् । पदाधिकारीको संख्या ११ हुनेछ ।
उपाध्यक्ष ५ जनामध्ये महिला, खसआर्य, आदिवासी जनजाति, मधेशीरथारू, दलित कोटाबाट चुनिने छन् । दलित उपाध्यक्षमा दूर्गा सोब र महिला उपाध्यक्षमा मानुषी यमी भट्टराइको एकल उम्मेदवारी परेको छ ।
काठमाडौंमा गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि मंगलबार दिउँसो तीन बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।
दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली प्रकाशित गरिने छ । त्यसपछि दिउँसो मतदान सुरु हुनेछ ।
नेसपा नयाँ शक्तिले समावेशी समानुपातिक सिद्धान्तको आधारमा दलित, आदिवासी जनजाति, खसरआर्य, मधेशी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्