जन सरोकार
मःम पसलमा ग्यास सिलिन्डर विस्फोटबाट घाइते दुईजनाको मृत्यु
गत बिहीबार काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलको ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएकामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको ।
![shandar momo](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/shandar-momo-e1738819699164.jpg)
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचार भैरहेकामध्ये दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रविन राई र भीमबहादुर घले रहेका छन् । ग्यास सिलिण्डर बिस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्