नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आइएमएसी) खुला प्रतियोगितामा दुई स्वर्ण पदक जित्नुभएको छ ।

आइएमएसी मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जित्नुभएको हो । उहाँले नान् छ्वानमा २७ दशमलव तीन तथा ताइचीमा २७ अङ्क पाउनुभएको थियो ।
तीन महिनाको अवधिमा भूपेन्द्रले योसहित आठ पदक जित्नुभएको छ । यसअघि अमेरिकाका विभिन्न सहरमा भएका तीन प्रतियोगितामा गुरुङले छ पदक जित्नुभएको थियो ।
आइएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै बेलायत पुग्नुभएका भुपेन्द्रले ‘व्याटल अफ ड्रागन्स’ विश्व च्याम्पियनसिपमा दुई स्वर्ण, १५औँ ‘गोल्डेन ड्रागन’ च्याम्पियनसिपमा दुई रजत र छैटौँ ‘एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिप’मा समान एक–एक स्वर्ण र रजत जित्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्