चीनबाट आउने विद्यार्थीलाई खरिपाटीमा, जहाजका क्रु मेम्बरलाई नगरकोटमा
चीनको वुहानबाट नेपाली विद्यार्थी ल्याउन शनिबार नेपाल एयरलायन्सको विमान जाँदैछ र सरकारले नेपालीलाई राख्न खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन खाली गराइसकेको छ । प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टर खाली गराएको हो ।
यसबीचमा चीनबाट ल्याउने नेपालीलाई सरकारले खरिपाटीमा राख्ने तयारी गरेपछि बासिन्दाले विरोध जनाएका छन् । सरकारले अन्य विकल्प नखोजेर चीनबाट ल्याउने नेपालीलाई जवरजस्त भक्तपुरमै राख्न खाजेको बासिन्दाको भनाइ छ । चाँगुनारायण नगरपालिका र राजनीतिक दलले त्यसको वि’रोध गर्दै विकल्प खोज्न आग्रह गरेका छन् ।
त्यस्तै नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेज लगायतलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ । चीनबाट ल्याउन लागिएका नेपालीलाई राख्न विद्युत प्राधिकरण भवनमा क्वारेन्टाइन निर्माणको काम भइरहेको छ । चीनमा कोरोना भाइरसका कारण महामारीको रुप लिएपछि त्यसबाट ब’चाउन नेपालीलाई स्वदेश फर्काउन लागिएको हो ।
प्रतिक्रिया राख्नुहोस्