क्रिकेटखेल

अनिल र भीमले बनाए कीर्तिमानी शतक : क्यानडासंगको श्रृङ्खलामा क्लिन स्वीप

काठमाडौंमा सम्पन्न नेपाल र क्यानडाबीचको तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको अन्तिम खेलमा नेपालका अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी शतक बनाएका छन् ।

त्रिवि. क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको २ सय ३३ रनको विजयी लक्ष्य अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो ।

सुरुवाती ब्याट्सम्यान अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्काको मद्दतमा १ सय १२ रन बनाए । साह प्लेयर अफ दि म्याच चुनिए । त्यसै गरी दोस्रो क्रममा ब्याटिङमा आएका भीम सार्कीले १ सय २९ बलमा ११ चौका र १ छक्काको मद्दतमा १ सय एक रन बनाए ।

ओपनर कुशल भुर्तेललाई १३ रनमा गुमाएपछि नेपालका लागि अनिल र भीमले सानदार पारी खेली क्यानडालाई ९ विकेटको फराकिलो पराजय भोगाए ।

सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।

यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका लागि नवनित दलिवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए ।

नेपालका डेब्युटेन्ट हेमन्त जिसीले ३ विकेट लिए भने कुशल मल्लले २ तथा पवन सरार्फ, आकाश चन्द र ललित राजवंशीले समान १–१ विकेट लिएका थिए । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.