जन सरोकार

दुर्गामाया, गीता र टिकबहादुरको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौँ र स्याङ्जाबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रूपैयाँ गरी करिब ६० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ४३ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । यस्तै स्याङ्जा, वालिङ नगरपालिका-१० ब्यार्थोक बस्ने टिक बहादुर गुरुङको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गहना गरी करिब ८ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

गुरुङ लगायत उनका परिवार माघ २१ गते भारतमा पेन्सन बुझ्न गई २७ गते घरमा आउँदा चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.