राजनीति

फागुन ४ गते सांसद र प्रधानमन्त्रीको प्रश्न-उत्तर

प्रतिनिधिसभाको नयाँ अभ्यासका रुपमा रहेको प्रधानमन्त्रीसंग सांसदहरुको प्रश्नोत्तर आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।”

सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार अपराह्न दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.