जन सरोकार
मृत अवस्थामा तीन जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१४ भगवती टोलस्थित सडक छेउमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने भोजपुर घर भएका ६८ वर्षीय ददिराम भन्ने राम प्रसाद भट्टराई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
![मृत अवस्थामा ४ जना फेला मृत अवस्थामा ४ जना फेला](https://www.nepaljapan.com/wp-content/uploads/2023/01/death-e1673684499668.jpg)
यस्तै पाँचथर, हिलिहाङ गाउँपालिका-१ खोलाखर्कस्थित काबेली जलविद्युत आयोजना अन्तर्गत जमला आयोजना कन्ट्रक्सन प्रालिमा काम गर्ने इलाम, इलाम नगरपालिका-५ घर भएका ३२ वर्षीय प्रेम सुन्दर आचार्य सोही कन्ट्रक्सनको क्याम्प नजिकै गए राति मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै झापा, शिवसताक्षी नगरपालिका-११ बच्चा बगर बस्ने ५८ वर्षीया गंगामाया लिम्बु आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्