राजनीति

बालेनले आफ्नो व्यवहार नसुधारे आन्दोलन गर्न बाध्य हुन्छौँ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले काठमाडौँ महानगर र मेयर बालेन्द्र शाह (बालेन )ले आफ्नो व्यवहार नसुधारे लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

महन्थ ठाकुर

महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले यस्तो बताउनुभएको हो । अध्यक्ष ठाकुरले पछिल्लो दिनमा काठमाडौँ महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादति उपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले काठमाडौँ महानगरका मेयर बालेनले अदालतको आदेशको विरुद्ध काठमाडौँका कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउनेलगायत कार्य गरेर आतङ्क मचाएको आरोप लगाउनुभयो ।

उहाँले काठमाडौँ महानगर र प्रमुख बालेन शाहद्वारा नगर प्रहरी परिचालन गरेर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननका घटना रोक्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउनुभयो । त्यस्तै उहाँले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताउनुभयो ।

यस्तै अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.