जन सरोकार
स्कुटर दुर्घटनामा चालकको मृत्यु
धनुषा, बटेश्वर गाउँपालिका-२ रमौल टोलस्थित सडकमा बटेश्वरबाट रमौल टोलतर्फ जाँदै गरेको म.प्र.०२-००६ प ६१३९ नम्बरको स्कुटर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ४१ वर्षीया हेम कुमारी रेग्मीको मृत्यु भएको छ ।
![accident](https://www.nepaljapan.com/wp-content/uploads/2024/04/accident-e1714468172145.jpg)
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्