कर्पोरेट/पर्यटन

हिमालय एयरलाइन्सले पोखरा-ल्हासा सिधा उडान गर्ने

निर्माण सम्पन्न भएर पनि लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पर्यटकीय नगरी पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने भएको छ ।

नेपाली र चिनीया लगानी रहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयलाइन्सले पोखराबाट ल्हासा सिधा उडान गर्ने बुधबार घोषणा गरेको हो।

हिमालयले आगामी मार्चदेखि चिनियाँ पर्यटक लक्षित गर्दै पोखराबाट ल्हासा सिधा उडान गर्ने जानकारी दिएको छ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो। संचालनमा आए पनि अहिलेसम्म जम्मा एक दर्जन जति चार्टर्ड उडान मात्र भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.