जापान

जापानले २० हजार हेल्थ केयर नेपालीलाई रोजगारी दिने

नेपालीहरुको वैदेशिक रोजगारीको आकर्षक गन्तव्य भए पनि सरकारी तहबाट कामदार जान नसकिरहेका बेला जापानले नेपालबाट २० हजार हेल्थ केयरमा नेपालीलाई लैजाने भएको छ ।

गत सोमबार काठमाडौँमा नेपाल र जापानका कम्पनीले संयुक्त रूपमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल–जापान सेवा आदानप्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो ।

कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका कोजाई कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.