राजनीति

महाशिवरात्रिको लागि मन्त्री पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन

पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

पर्यटनमन्त्री पाण्डे

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेको सभापतित्वमा आज बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो । समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.