संस्कृति

“विकासका नाममा सांस्कृतिक पहिचान मेटाउन पाइँदैन”

पुजारी र मन्दिर क्षेत्र व्यवस्थापन समितिलाई केबलकारका विषयमा चुप लाग्न बाध्य बनाइएको आरोप

मुलुकको सत्ता राजनीति र सामाजिक–धार्मिक क्षेत्र अहिले पाथीभरा केबलकारले तातेको छ । यो प्रसंगले दलीय राजनीतिक पूरै विभाजित भएको छ ।

पाथीभरा

केबलकार निर्माण गर्न नहुने भन्दै यसको बिरोध गर्नेहरुलाई विकास विरोधी करार गरिएको छ भने पक्षधरलाई मौलिकता मास्न लागेको आरोप लागेको छ ।

छिमेकी मुलुक केदारनाथ कैलाश मानसरोवरमा केबलकार नचलाइएको उल्लेख गर्दै सहभागीले नेपालमा रहेका पूर्वीय दर्शन र सभ्यता नष्ट गर्ने प्रयत्न भइरहेको आरोप लगाउँदै त्यस्तो गर्न नहुने बताइरहेका छन् ।

यसबीच सरोकारवालाहरुले विकासको नाममा ताप्लेजुङको धार्मिक, सांस्कृतिकस्थल पाथीभराको मौलिकता नष्ट गर्न नहुने भन्दै यसको संरक्षण गर्न माग गरेका छन् ।

बिहिबार युमा माङ मुक्कुम्लुङ पाथीभरा संरक्षण समन्वय समितिद्वारा आयोजित अन्तरक्रियामा त्यस क्षेत्रको भौतिक विकासका नाममा मौलिक, धार्मिक, सांस्कृतिक पहिचान मेटाउन लागिएकामा सरोकारवालाले आपत्ति जनाए ।

विश्वभरका सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थल पाथीभरालाई निश्चित भूगोलको मात्र भनी प्रचार गर्न नहुने उनीहरुको भनाइ थियो । पुजारी र स्थानीय मन्दिर क्षेत्र व्यवस्थापन समितिलाई चुप लाग्न बाध्य बनाइएको मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्रहाङ किरातले बताउनुभयो ।

पाथीभराको प्रसङ्गले देशभरका धार्मिक, सांस्कृतिक सम्पदा बचाउन सशक्त समूहको आवश्यकता देखिएको धार्मिक क्षेत्रका अनुसन्धानकर्ता भीम पाण्डेले बताउनुभयो ।

वाग्मती प्रदेशका पूर्वप्रदेशसभा सदस्य जीवन डङ्गोलले धार्मिक, सांस्कृतिकस्थलमा अतिक्रमण भइरहेको बताउनुभयो । विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले पाथीभरामा केबलकार निर्माण योजना खारेज गर्न आग्रह गर्नुभयो ।

हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पाथीभरालगायत देशभरका धार्मिक, सांस्कृतिक स्थलको संरक्षणका लागि सचेत र जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.