विश्व समाचार

हात्तीको आक्रमणबाट भारतमा तीन जनाको मृत्यु, ३० घाइते

दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।

“स्थानिय व्यक्तिले पटाका फालेपछि दुई हात्तीहरू आपसमा झगडा गर्न थाले, जसको कारण पर्खालको एक भाग भत्कियो । केही मानिसहरू त्यसको मुनि फसे,” एक प्रहरी अधिकारीले बताउनुभयो ।

“पर्खाल भत्किँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । यो देखेर त्यहाँ उपस्थित श्रद्धालुहरूमा भागदौड मच्चियो, जसमा ३० जना घाइते भए ।”

टेलिभिजनका तस्बिरहरूले दुईवटा हात्तीहरू एकअर्कासँग लडिरहेका देखाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.