वैशाखबाटै नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी
कोरोना भाइरस संक्रमणका कारण नियमित कक्षा संचालन हुन नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ । मन्त्रालयले वैशाखमा परीक्षासंग नयाँ भर्ना लिएर शैक्षिकसत्र सुरु गर्ने भएको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताउँदै वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुने र नतिजा प्रकाशन, पुस्तक वितरण र तत्काल पठनपाठन सुरु गर्ने हिसाबले स्कुलहरुले मिलाउनुपर्ने बताउनुभयो । ।
सामान्यतयाः वैशाखदेखि सुरु भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएको थियो ।
२०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र सुरु हुने निर्णय गरेको थियो ।
एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्ने नियम छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुनुपर्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्