च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले पीएसजीलाई १-० ले पराजित गरेको हो ।
पीएसजीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा बायर्न म्युनिखलाई जित दिलाउन किङ्स्ले कोम्यानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ५३ औं मिनेटमा कोम्यानले गर्दै बायर्न म्युनिखलाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र पहिलो लेगमा बायर्न म्युनिखले खेल १-० ले आफ्नो पक्षमा पार्यो ।
त्यसअघि खेलको ८२ औं मिनेटमा पीएसजीका केलियन एमबाप्पेले लागि गोल गरेपनि भीएआरले उनको गोलले मान्यता दिएन । त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा बायर्नका बेन्जामिन पाभर्डले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । पीएसजी र बायर्न म्युनिखबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ । दोस्रो लेगको खेल बायर्नको मैदानमा हुनेछ ।
यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । जितसँगै बायर्न म्युनिखले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । यी दुई टोलीबीचको दोस्रो लेग मार्च ८ मा बायर्नको मैदानमा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्