जापान

६० वर्ष पुराना आणविक रिएक्टर प्रयोग गर्न स्वीकृति

जापानमा स्थापना भएका आणविक रिएक्टरहरूको आयु ६० वर्ष नाघेको छ । ६० वर्ष पुरानो भए पनि आणविक निगरानी संस्थाले यी रिएक्टरहरू प्रयोग गर्ने सरकारी योजनालाई बहुमतले स्वीकृति दिएको छ।

जापानमा स्थापना भएका आणविक रिएक्टर

आणविक नियामक प्राधिकरण (एनआरए)को सोमबार बसेको विशेष बैठकमा प्राधिकरणका पाँचमध्ये चार सदस्यले ६० वर्षभन्दा माथिका रिएक्टरहरु प्रयोग गर्ने सरकारी योजनाको पक्षमा मतदान गरेका थिए ।

जापानमा परमाणु ऊर्जा स्टेशनहरूको जीवनकाल सैद्धान्तिक रूपमा ४० वर्ष रहेको र एनआरएको स्वीकृतिमा २० वर्ष थप गर्न सकिनेछ ।

सरकारको नीति परिवर्तनसँगै विद्युत् गृहले ६० वर्षको समयावधिपछि पनि रिएक्टरहरु सञ्चालनमा ल्याउन सक्नेछन् । यस अवधिमा निरीक्षण र प्रमाणीकरणको लागि लिइएको समय समावेश हुँदैन ।

प्राधिकरणले पुराना विद्युतगृहमा नयाँ प्रणाली जडान गर्न पनि प्रस्ताव गरेको छ । ३० वर्ष सञ्चालनमा आएपछि विद्युत् केन्द्रका उपकरणहरू प्रत्येक १० वर्ष वा सोभन्दा कम समयमा बिग्रिएको जाँच गरी व्यवस्थापन योजना तयार गर्नुपर्ने उल्लेख छ ।

यसअघि बुधबार बसेको प्राधिकरणको बैठकमा भूकम्प तथा सुनामी मूल्याङ्कन इकाईका इन्चार्ज सदस्य इशिवतारी अकिराले त्यसको विरोध गर्दै निर्णय गर्न ढिलाइ गरेको बताउनुभयो ।

सोमबारको बैठकले नयाँ प्रणाली र आणविक नियम कानुनमा संशोधन गर्ने विधेयकमा मतदान गरेको थियो । अकिराले यसपटक पनि संशोधन वैज्ञानिक वा प्राविधिक ज्ञानमा आधारित नभएको र परिवर्तनले सुरक्षामा सुधार नहुने बताउनुभयो । परीक्षण जति कडा हुन्छ, भविष्यमा रिएक्टरहरू त्यति नै पुरानो हुँदै जाने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.