जन सरोकार

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको हो ।

त्यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सोमबारेस्थित सिद्धेश्वरी सहकारी संस्था लिमिटेडबाट नगद ५ लाख ४९ हजार ५ सय ४७ रूपैयाँ र सिसि क्यामेराको हार्डडिस्क गएराति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.