जन सरोकार

कमलपोखरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे

काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस चुहिएर भएको आगलागीमा परी घाइते भएका मध्ये अर्का एक जनाको पनि शुक्रबार मृत्यु भएको छ ।

मृत अवस्थामा ४ जना फेला

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौँ महानगरपालिका–२८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको शुक्रबार उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङको अपराह्न कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

गत बिहीबार कमलपोखरीस्थित शानदार मःम पसलमा ग्याँस चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए । अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ ।

यसअघि सोमबार मकवानपुरको मनहरि गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर (नवीन) को उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.