बेलुन पड्केर अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख आचार्य घाइते
पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्य घाइते हुनुभएको छ ।
![CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/Ghaite-1-e1739613093281.jpg)
शनिबार आयोजित समारोहको उद्घाटनका अवसरमा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएर अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते हुनुभएको हो ।
मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको छ भने महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।
घाइते अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।
त्यसै गरी महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उहाँका प्रेस संयोजक भीम थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्