जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रसुवा, कालिका गाउँपालिका-१ राम्चे बस्ने मिन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
![](https://www.nepaljapan.com/wp-content/uploads/2023/04/rape.jpg)
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्