आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ ।
![prachanda](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/prachanda-8-e1739464709731.jpg)
मकवानपुरको बागमती गाउँपालिकामा शनिबार स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी तपाईंहरूले योजना र कार्यक्रम बनाएर अघि बढ्नुस् ।” पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनाबद्ध रूपमा काम गर्नुपनर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न सबैलाई निर्देशन दिनुभयो ।
माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताउनुभयो । उहाँले आजै मकवानपुरका सहिद परिवारसँग पनि भेटघाट गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्