विश्व समाचार

कोरोना सङ्क्रमणबाट फ्रान्समा एकको मृत्यु, चीनमा पाँच करोड ६० लाख व्यक्तिलाई क्वारेन्टाइनमा

चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ६६ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । वुहान र आसपासका स्थानमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ ।

यसबीचमा कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भन्नुभयो, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।”

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको मृत्यु भएको छ ।
एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो । बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

बुजिनले भन्नुभयो “फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिन यता उहाँको स्वास्थ्य अवस्था ‘निकै विग्रिएको’ थियो ।” चिकित्सकको अथक प्रयासका वाबजुत उहाँलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.