जन सरोकार

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना

विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई ललित निवास प्रकरणमा दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख जरिवानाको सजाय सजाय सुनाएको हो ।

भाटभटेनीका सञ्चालक गुरुङ

बिहीबार विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो । त्यस्तै अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकिएको छ ।

विशेष अदालतको फैसलामा भनिएको छ, ‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अनाधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरङ, राम कुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिष्ट्रेशन गरेको देखिएको अवस्था हुँदा सट्टाभर्नाको कार्यबाट गैरकानूनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाइ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसूरमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीसरह नै जनही २ वर्ष कैद र विगो बमोजिम रु ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.