जन सरोकार

करेन्ट लागेर दुई जनाको मृत्यु

सर्लाही र रुपन्देहीमा  करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर शेख टोल बस्ने सरोज महतोको छोरा ७ वर्षीय बिराज सिहंको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

सोही ठाउँस्थित सगरमाथा इङ्लिस बोर्डिङ स्कुलभित्र सरस्वती पूजामा डिजे बजाउनको लागि जोडेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देबिनगर ओलि पथ बस्ने ३५ वर्षीया दिपा पौडेलको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा टेन्ट हाउसको समान राख्ने क्रममा पाइपले नजिकै विद्युतको हाईटेन्सन लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.