जन सरोकार

पोखरेलको घरबाट विभिन्न धनमाल चोरी

झापा, मेचिनगर नगरपालिका-१२ पिपलडाँगी टोल बस्ने ७० वर्षीय डिल्लीराम पोखरेलको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ८ लाख २६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

पोखरेल श्रीमतीसहित बुधबार धुलाबारीस्थित आफन्तको घर गएकोमा बिहीबार घर फर्कि आउँदा उक्त धनमाल चोरी भएको थाहा हुन आएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.