राजनीति

अध्यक्ष प्रचण्डद्वारा सुशासन र सामाजिक न्यायका पक्षमा रहने प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टी सुशासन र सामाजिक न्यायका पक्षमा सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्र दमक नगर कमिटीको दोस्रो अधिवेशनको शनिबार उद्घाटन एवं पार्टी प्रवेश तथा खबरदारी सभामा उहाँले आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचार र सामाजिक विभेद्का विरुद्ध, सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको स्मरण गर्नुभयो । उहाँले आर्थिक सङ्कटबाट देशलाई मुक्त बनाउन पार्टीले खबरदारी अभियान सञ्चालनमा जोड दिएको बताउनुभयो ।

सरकारबाट बाहिरिएपछि पार्टीले जनताका बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले देशलाई विकास र समृद्धिको पक्षमा लैजान नेपाली जनताले फेरि पनि माओवादीको नेतृत्व चाहेको धारणा राख्नुभयो ।

पार्टीले देशव्यापी रूपमा खबरदारी सभा, जागरणमूलक कार्यक्रमलगायत अभियान सञ्चालन गरिरहेको जनाउँदै उहाँले पछिल्लो समय स्थानीय तहको उपनिर्वाचनको नजितादेखि सङ्घीयता, सुशासन, परिवर्तनका पक्षमा माओवादीप्रति जनताको भरोसा बढ्दै गएको देखिएको बताउनुभयो ।

उहाँले आफूले प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको भन्दै सरकारबाट बाहिरिएपछि सुशासनको ‘एजेन्डा’लाई लिएर देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।

भ्रष्टाचारका कारण विकास र समृद्धि हासिल हुन नसकेको बताउँदै उहाँले यस अभियानमा सबै राजनीतिक दल, अभियानकर्मी, आमनागरिकको समन्वय र सहकार्यको अपेक्षा गर्नुभयो ।

अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा पार्टी अध्यक्ष दाहालले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेकाहरूलाई पार्टी प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.