राजनीति

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा नेपालमा चर्को बिरोध भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवासंग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गर्नु भएको छ ।

एमसीसी अनुमोदनको विषयले अमेरिकासँगको सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो ।

बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले राजदूतसँग सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा कुरा गर्नुभएको थियो ।

एमसीसीका विषयमा सत्ता गठबन्धनले निर्णय गर्न नसकिहेका बेला प्रधानमन्त्री देउवाले राजदूत बेरीसंग एमसीसीको समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.