क्रिकेटखेल

आइसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्याण्ड भिड्दै

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आफो दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दैछ । आज (शुक्रबार) सिरिजको नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपाल र नामिबिया भिड्दै

टियु मैदान किर्तिपुरमा हुने खेल नेपाली समय अनुसार बिहान ९ बजे सुरु हुनेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । आज दोस्रो खेल खेल्न लागेको नेपालले , तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

यसअघि जारीसिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो भने स्कटल्याण्डले नामिबियालाई १० विकको फराकिलो अन्तरले हराएको थियो । नेपाल २५ खेलमा २० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ ।

एकदिवसीय मान्यता पाएका विभिन्न सात एशोसिएट राष्ट सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवसीय मान्यता बनाई रहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ ।

नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवसीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवसीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.